डिजेल, पेट्राेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

image आँखा संवाददाता बिहीबार, जेष्ठ १९ २०७९
image

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।निगमका सहायक प्रवक्ता पुष्कार कार्कीले आज राति १२ बजेबाट लागु हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाइएको जानकारी दिए ।

अब डिजेल र मट्टीतेललाई प्रतिलिटर १५३ रुपैयाँ र पेट्रोललाई १७० रुपैयाँ पर्ने छ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको पूर्वाधार कर घटाएर मूल्य घटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मूल्य घटेको हो ।

भारतबाट आएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीमा भने पेट्रोल र मट्टीतेलको मूल्य बढेर आउँदा डिजेलको भने घटेर आएको थियो 

ad