भद्रपुर २८ जेष्ठ। कर्णाली बचत तथा ऋण सहकारि संस्था लि कचनकवल को योजनामा तथा ओम साइ पाथिभरा हस्पिटल प्रा लि भद्रपुरको प्राबिधिक सहयोगमा श्री पथरिया मा बि कचनकवल झापामा आज एक दिने बृहत निस्सुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ।
ओम साइ पाथिभरा हस्पिटलको तर्फबाट जनरल सर्जरी सेवा ,अर्थोपेडिक सर्जरी सेवा , स्त्री तथा प्रसुति सेवा , फिजिसियन सेवा तथा नाक कान तथा घाटी रोग सम्बन्धि सेवा प्रवाह गरिनुका साथै निस्सुल्क औषधि बितरण गरिनुका साथै निस्सुल्क भिडियो एक्सरे सहितको सेवा प्रदान गरिएको उक्त सिविरमा ३७२ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको ओम साइ पाथीभरा हस्पिटलका प्रसासक मनोज दाहालले जानकारी दिनुभयो।