आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो जित

image आँखा बुधबार, आषाढ १ २०७९
image

ह्युस्टन  – तीव्र गतिका बलर करण केसीको पाँच विकेट र ओपनरको कीर्तिमानी ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानलाई ७ विकेटले पराजित गरेको छ । अमेरिका भ्रमणमा नेपालले पहिलो जित हात पार्दै अंक तालिकामा एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ८६ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । कुशल भुर्तेल ७५ बलमा ५ चौकासहित ५६ रनमा क्याच आउट भए ।

यसअघि ओपनरको रुपमा ओडिआईमा सर्वाधिक ठूलो साझेदारी ६६ रन थियो । आसिफ र कुशले गतवर्ष ओमानविरुद्ध नै गरेका थिए । नेपालबाट ओडिआईमा सर्वाधिक ठूलो साझेदारी देव खनाल र दीपेन्द्रसिंह ऐरीले दुई महिना अघि पपुवा न्युगिनीविरुद्ध १ सय २९ रनको गरेका थिए । यो दोस्रो ठूलो साझेदारी हो ।

त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको ओमान ४६.५ ओभरमा १ सय ६३ रनमा अल आउट भयो । ओमानका कप्तान जिशान मकसुदले १ सय बलमा ३ चौकासहित सर्वाधिक ५२ रन बनाए ।

 

ad