झापामा मदिरा विक्री वितरणमा रोक

image आँखा सोमबार, बैशाख २६ २०७९
image

झापा/ झापामा मदिरा विक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सोमबार सूचना जारी गर्दै बैशाख २७ गते मङ्गलवार राती १२ बजेदेखि निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्म जिल्लाभरि मादक पदार्थ (रक्सी) ओसारपसार, बिक्री वितरण र सेवन कार्य सख्त निषेध गरिएको छ । बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउने झापा प्रशासनले यस्तो आदेश जारी गरेको हो ।