शिवसताक्षी नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

image आँखा आइतबार​, जेष्ठ ८ २०७९
image

नेकपा (एमाले) ले शिवसताक्षी नगरपालिकाको मेयर र उपमेयरमा जितेको छ ।  गठबन्धनका उम्मेदवारलाई पछि पार्दै एमालेले दुवै प्रमुख पद जितेको हो । एमालेका मेगाहाङ्ग थोप्रा १६ हजार ४९८ मत ल्याएर मेयरमा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली काँग्रेसका पर्शुराम ढुङ्गानालाई ३ हजार ४४८ मतान्तरले पराजित गरेका हुन् । ढुङ्गानाले १३ हजार ५० मत ल्याएका छन् । राप्रपाका मणि प्रसाद खड्काले १ हजार ७३०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रकाश लिङदेनले ३८७, रामकृष्ण ताजपुरीयाले ३१६, जसपाका पवन राईले २५६ र राष्ट्रिय जनमुक्ति पार्टीका देवीकुमार शेर्माले १४५ मत ल्याएका छन् । 
त्यस्तै उपमेयरमा एमालेकी नरमाया कार्की १४ हजार १५५ मत ल्याएर निर्वाचित भएकी छन् । उनले गठबन्धनबाट माओवादी केन्द्रका महेन्द्र भट्टराईलाई ४ हजार ६३० मतान्तरले पराजित गरेकी हुन् । भट्टराईले ९ हजार ५२५ मत ल्याएका छन् । एकीकृत समाजवादीका नवीन ईजम ३ हजार ५१० र राप्रपाकी विष्णु कुमारी चम्लागाईले २ हजार ५८ मत ल्याएका छन् ।

 ११ वडा रहेको शिवसताक्षीमा एमाले र कांग्रेसले ५–५  वडाध्यक्ष जितेका छन् भने एउटा माओवादीले जितेको छ । वडा १ मा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ्ग,  वडा २ मा माओवादीका भीमबहादुर नेम्वाङ्ग, वडा ३ मा काँग्रेसका भास्कर न्यौपाने, वडा ४ मा एमालेका विष्णुप्रसाद प्रसाईँ, वडा ५ मा एमालेकै सिकिन पासवान, वडा ६ मा काँग्रेसका मनोज खुलाल, वडा ७ मा काँग्रेसकै भवानीविक्रम चेम्जुङ्ग लिम्बु, वडा ८ मा काँग्रेसकै सन्तकुमार फेवदिन, वडा ९ मा काँग्रेसकै डिल्लीलाल फेम्बु, वडा १० मा एमालेका हर्कबहादुर सिंगु र वडा ११ मा एमालेकै बहादुर आङ्वो निर्वाचित भएका छन् ।