झापा चन्द्रगढी निवासी शान्ताको आफ्नै छोराद्धारा हत्या

image आँखा संवाददाता बुधबार, जेष्ठ ११ २०७९
image

काठमाडौं । आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ एक युवक पक्राउ परेका छन् । ४२ वर्षीया आमा शान्ता सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो ।

हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तालाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार प्रहार गरेका थिए । बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।