तिमी आयौ
काम धेरै अझ गर्नुथ्याे
समय नपुग्दै तिमी आयाै
गराैंला भन्नेकाे लामाे लिस्ट
पूरा नहुँदै तिमी आयाै ।
न कुनै म्यासेज न कुनै कल
तनमा दर्द अनि आँशुका भल
गर्नु नगर्नु सब गरेर आयाै
आउँदैनाै भन्थें तर तिमी आयाै ।
घरबाट परदेश पुर्यायाै
व्यवहार छाेडी व्यय हार बनायाै
एक मन थिएन तिमी आउँछाै भन्ने
तर धेरै मनकाे भएर आयाै ।
व्यवहार हाम्राे बिचल्ली बनायाै
अधर्मी र पापी बनेर आयाै
कसैकाे तनमा नआऊ भन्थें
स्तनकाे क्यान्सर बनेर आयाै ।
अबाेध नानीहरू छन् साथमा
भविष्य तिनकाे उज्ज्वल बनाउन
गएर तिन्काे समाउ हात भन्थें
बेला नबिचारी तिमी तेसै आयाै ।
प्रतिमा चापागाईं
मेचीनगर न.पा. ८