वडामा प्यानल जित्दै एकीकृत समाजवादीले झापामा खाता खोल्यो

image आँखा संवाददाता आइतबार​, जेष्ठ १ २०७९
image

झापामा नेकपा (एकीकृत समाजवादी)ले खाता खोलेको छ । काँग्रेस र माओवादी गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका कमल गाउँपालिका २ मा एकीकृत समाजवादीका अशोक सुब्बा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

वडामा एकीकृत समाजवादीले पुरै प्यानल जितेको हो । उनले एमालेका धनबहादुर बस्नेतलाई ८३० मतान्तरले हराएका छन् । लिम्बूले १८६० र बस्नेतले १०३४ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा एकीकृत समाजवादीका भीमबहादुर कार्की, महेन्द्र खत्री, सोममाया नेपाली, कल्पना राई निर्वाचित भएका छन् ।