मेचीनगरः वडा नं. १ को वडा अध्यक्ष काँग्रेस र प्रमुख, उपप्रमुखमा एमालेको अग्रता

image आँखा संवाददाता सोमबार, जेष्ठ २ २०७९
image

मेचीनगर, जेठ २ । मेचीनगर वडा नं. १ को जारी मतगणनाको पछिल्लो अवस्था अनुसार वडा अध्यक्षमा काँग्रेसका उम्मेद्वारले अग्रता लिनु भएको छ भने नगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेद्वारले अग्रता कायम राख्नु भएको छ ।


वडामा खसेको २५१६ मत मध्ये १३२६ मत गणना भइसकेको छ । जसमा वडा अध्यक्षमा काँग्रेसका उम्मेद्वार हेमलाल गुरागाईले ६१४ मत प्राप्त गर्नु भएको छ भने एमालेका रामकुमार राईले ५१८ मत प्राप्त गर्नु भएको छ । राप्रपाका रमेश दाहालले ७१ मत पाउनु भएको छ ।


त्यस्तै नगरप्रमुखमा एमालेका गोपाल बुढाथोकीले ६१४ मत ल्याउँदा काँग्रेसका इन्द्र बुढाथोकीले ४९१ मत पाउनु भएको छ । उपप्रमुखमा एमालेका मिना उप्रेतीले ६०० मत प्राप्त गर्दा माओवादीका प्रकाश भण्डारीले २६१ र राप्रपाका सविना बजगाईले १४४ मत पाउनु भएको छ ।