सिटौलाको गृहनगरमा एमालेको विजयी सुरुआत

image आँखा संवाददाता शनिबार, बैशाख ३१ २०७९
image

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर झापाको भद्रपुर नगरपालिकामा नेकपा एमालेले विजयी सुरुआत गरेको छ । एमालेले नगरको वडा नम्वर १ मा प्यानलनै जितेको हो । 

एमालेबाट वडा अध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ६६३ मात प्राप्त गरेका छन् । उनीसँगै नेकपा एमालेका सबै सदस्य निर्वाचित बनेका हुन् । 
निर्वाचित हुने वडासदस्यहरुमा टीकाप्रसाद भण्डारी र दिलबहादुर लिम्बू छन् । महिला सदस्यमा सीता कुमारी गुरुङ र दलित महिला सदस्यमा अम्बिका विश्वकर्मा निर्वाचित भएकी छिन् ।