पेट्रोलियम पदार्थको मूल्यवृद्धि र कर हटाउन सरकारलाई प्रचण्ड–माधवको आग्रह

image आँखा सम्वाददाता बुधबार, जेष्ठ ११ २०७९
image

काठमाडौं । सत्ता गठबन्धनका दुई शीर्ष नेता माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धि फिर्ता लिन सरकारलाई सुझाव दिएका छन् । 

मूल्यवृद्धि फिर्ता र पेट्रोलियम पदार्थमा लगाएको कर हटाउन माग गर्दै गएका सत्ता गठबन्धन आबद्ध विद्यार्थी संगठनका पदाधिकारीसँगको भेटपछि दुवै नेताले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग कुरा गरेका थिए ।

टेलिफोन कुराकानीमा दुवै नेताले तत्काल मूल्यवृद्धि र अनावश्यक कर हटाउन आग्रह गरेको नेकपा एस आबद्ध अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।