एमालेले भद्रपुरमा अर्को वडा पनि प्यानलसहित जित्यो, वडा अध्यक्षमा दाहाल निर्वाचित

image आँखा संवाददाता बुधबार, जेष्ठ ४ २०७९
image

झापा , जेठ ४ । नेकपा एमालेले भद्रपुर नगरपालिकामा अर्को वडा पनि प्यानलसहित जितेको छ । भद्रपुर– ९ मा एमालेका रामप्रसाद दाहाल वडा अध्यक्षमा निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी राप्रपाका ज्ञानबहादुर राईलाई २२७ मतान्तरले पराजित गर्दै दाहाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । दाहाल निवर्तमान वडा सदस्य हुन् ।

दाहालले १२६४ मत ल्याउँदा राईले १०३७ मत ल्याएका छन् । त्यस्तै गठबन्धनबाट एकीकृत समाजवादीका जङ्गबहादुर रसाइलीले ७३६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा एमालेका प्रकाश राजवंशी, मञ्जु दाहाल (पोखरेल), मन्जु खड्का र शर्मिला दमाई निर्वाचित भएका छन् । एमालेले अहिलेसम्म १ नम्बर वडामा प्यानल र केही वडामा सदस्यहरू जितेको छ ।