झापा । कचनकवल गाउँपालिका ३ मा पनि नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । राप्रपाका उम्मेदवार विजय कुमार राजवंशीलाई ५४४ मतान्तरले हराउँदै काँग्रेसका ग्यास आजमल मिया वडा अध्यक्षमा विजयी भएका हुन् ।
मियाले १३७५ र राजवंशी ८३१ मत ल्याएका छन् । राजवंशी सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन् । त्यस्तै वडा सदस्यहरूमा काँग्रेसबाटै मेघलाल राजवंशी, सूर्यनारायण राजवंशी, विष्णुमाया अधिकारी र शोभा सुनदास विजयी भएका छन् । यसअघि काँग्रेसले कचनकवल १ मा प्यानल नै जितिसकेको छ ।