दल भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता

image आँखा संवाददाता बुधबार, जेष्ठ ११ २०७९
image

गौरादह /गौरादह नगरपालिकाका नवनिर्वाचित प्रमुख छत्रपति सुवेदीले दल भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मतदातालाई धन्यवाद दिदै भिडियो सन्देशमा निश्चित दलबाट उम्मेद्वार भएपनि अब नगरको विकासका लागि सबै पक्षको नगर प्रमुखभएको बताएका छन् ।

सुवेदीले निर्वाचित गराउन भुमिका खेल्ने सबै प्रति आभार प्रकट गरेका छन् । रोजगारी, स्वास्थ्य शिक्षाका लागि अहोरात्र खटेर सबैको सल्लाह सुझाव सहित अघि बढ्ने छु, सुवेदीले भने, निर्वाचित गराउन भुमिका खेल्ने सबै प्रति कृतज्ञता प्रकट गर्दछु ।

सुवेदीले भनेका छन्, हिजो सम्म कुनै एउटा दलको उम्मेद्वार भएपनि अब बिजय भए पश्चात सबै नगरबासीको नगर प्रमुखको हैसियतमा छु, मैले काम गर्दा सम्पूर्णलाई दल देखि माथि उठेर काम गर्नेछु । सुवेदीले सदैव गौरादहबासीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

ad