भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

image आँखा मङ्गलबार, बैशाख २० २०७९
image

काठमाडौं । अभिनेता भुवन केसी कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

“प्रधानमन्त्रीबाट टीका लगाएर प्रवेश गरेको हुँ,” केसीले भने, “कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रवेश गरेको हुँ ।”उनले अहिले कांग्रेसका जिम्मेवारीको कुनै कुरा नभएको बताएका छन् ।कलाकार रवीन्द्र खड्काले भने यसअघि पनौती नगरपालिकाको मेयर बन्न चाहेको बताएका थिए ।

यो प्रस्ताव उनले सभापतिसमेत रहेका देउवासमक्ष राखेका थिए । “पनौती नगरको मेयर बन्न चाहन्थेँ,” उनले भने, “यो प्रस्ताव पनि राखेको हुँ । तर सभापतिले अहिले ढिला भइसक्यो । प्रदेश र संघको निर्वाचनमा सकेँ भने प्रयास गरौँला नभए पार्टीभित्र काम गर्ने ठाउँ धेरै छन् भन्नुभएको छ ।