भद्रपुरमा ६६ जनायुवाकृषकलाई टनेल वितरण 

image aakha बुधबार, चैत्र २३ २०७८
image

भद्रपुर ।झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले नगरभित्रकायुवाहरुलाई  व्यावसायिक रुपमा बेमौसमी खेती गर्न प्रोत्साहितगर्दै उद्यमीबनाउने उद्देश्यले टनेल वितरण गरेको छ ।नगरपालिकाले नगरप्रमुख लघु उद्यमकार्यक्रममार्फत भद्रपुरका १० वटै वडाबाट ६–६ जना युवा कृषिउद्यमी छनोट गरी ६० जनालाई निःशुल्क रुपमा टनेल वितरण गरेको हो ।
आज विहान नगरपालिका परिसरमाआयोजित एक संक्षिप्त समारोहकाबीच टनेल सवतरण गरिएको भद्रपुरका रोजगार संयोजक टिकाराम पाण्डेले जानकारी दिनुभयो ।नगरपालिकाको युवा परिषदकाकार्यकारी उपाध्यक्ष सरोज ढकालको अध्यक्षतामाआयोजित समारोहका प्रमुखअतिथि नगरप्रमुख जीवनकुमारश्रेष्ठ,उपप्रमुख चन्द्रमायाश्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, ७ नं वडाध्यक्ष विनोदप्रसाद पोखरेल, ५ नं वडाध्यक्ष बन्धु कार्की, ३ नं वडाध्यक्ष कमलाथुलुङ, २ नं वडाध्यक्ष भीम केरुङ लगायतले टनेल वितरण गर्नुभएको थियो ।
नगरभित्रकायुवालाई विदेश पलायनबाट रोक्दै आफ्नै ठाउँमा व्यावसायिक कृषिउद्यमीबनाउन सहयोग पुग्ने सोचका साथआ. व. ०७८–०७९ को बजेटमा युवालक्षितकार्यक्रम राखेर उद्यमीबन्नचासो देखाएकायुवालाई टनेल वितरण गरिएको र यसकालागिनगरपालिकाले ३ लाख रुपैयाँखर्च गरेको नगरप्रमुखश्रेष्ठले जानकारी दिनु भयो ।उहाँले आगामीवर्षहरुमापनियुवालक्षितप्रभावकारी र उपलब्धिमूलककार्यक्रमहरु नगरपालिकाले सञ्चालन गर्नसक्ने गरी त्यसकाअधारहरु तयार गरिसकिएको बताउनु भयो ।
निःशुल्क रुपमा टनेल पाएकायुवाहरुले नगरपालिकाको कामको प्रशंसा गर्दै अब आफूहर व्यावसायिक रुपमा बेमौसमी खेती गर्न उत्साहितभएको प्रतिक्रियादिएका छन् ।