कांग्रेसको संकल्प : समुन्नत पालिका

image आँखा सम्वाददाता सोमबार, बैशाख १२ २०७९
image

काठमाडौं : आफूले जित्ने स्थानीय तहमा सामाजिक सुरक्षाका थप कार्यक्रम सञ्चालन गर्ने भन्दै कांग्रेसले ‘कोखदेखि शोकसम्म’को अवधारणा ल्याएको छ। पार्टी सभापति शेरबहादुर देउवालगायत नेताले आइतबार सार्वजनिक गरेको चुनावी संकल्पमा शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका कार्यक्रममा जोड दिइएको छ। ‘प्रत्येक नागरिकको जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिकोणले राज्यले बहन गर्नुपर्ने दायित्व’ भएको कांग्रेसको ठहर छ। त्यसैकारण आफूले कोखदेखि शोकसम्मका सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने संकल्पमा उल्लेख छ।  

गर्भावस्थामा निःशुल्क परीक्षणदेखि मृत्युसंस्कार खर्चसम्म राज्यबाट उपलब्ध गराउने कांग्रेसको संकल्प छ। सुरक्षित मातृत्व, निःशुल्क संस्थागत सुत्केरी सेवा, सुत्केरी र नवजात शिशुको घरदैलोमा स्वास्थ्य सेवा, ५ हजार सुत्केरी भत्ता, बालविकास निःशुल्क खोप तथा पोषण, शिशु स्याहार केन्द्र र दिवा खाजाको व्यवस्था गर्ने कांग्रेसको संकल्प छ। महामन्त्री गगनकुमार थापाले कांग्रेसको नेतृत्वमा बन्ने सम्पूर्ण स्थानीय सरकारले सामाजिक सुरक्षामैत्री कार्यक्रमलाई उच्च प्राथमिकता दिने बताए। संकल्पपत्रमा स्थानीय सरकारका पाँच वर्ष कसरी बिते र अबका पाँच वर्ष के कस्ता एजेन्डा बोकेर अघि बढ्नेजस्ता विषय समेटिएको छ। 

कांग्रेसले स्थानीय तहमा एउटा सुविधासम्पन्न ‘अगुवा विद्यालय’ स्थापनादेखि संस्थागत विद्यालयको गुणस्तर सुधार गर्ने जनाएको छ। स्थानीय तहले स्वास्थ्य बजेट १० प्रतिशत पु¥याउने, ६० वर्षमाथिकालाई घरमै स्वास्थ्य सेवा पु¥याउने प्रतिबद्धता कांग्रेसले जनाएको छ। कृषिको बजारीकरणमा जोड दिने र कृषि सामग्रीको निर्यात प्रबद्र्धन गर्ने कांग्रेसको संकल्पपत्रमा छ।

कांग्रेसले पाँच वर्षमा के गर्ने र के नगर्ने भनेर बुँदागत रूपमा संकल्प गरेको छ। स्थानीय तहको अधिकार कार्यान्वयनका लागि बन्न बाँकी कानुन संघ÷प्रदेशले एक वर्षभित्र निर्माण÷परिमार्जन गर्ने उल्लेख छ। एक वर्षभित्र स्थानीय सरकारलाई थप स्रोतसाधनसम्पन्न बनाउन कर्मचारी व्यवस्थापन गरी आवश्यक जनशक्ति पदपूर्ति गर्ने व्यवस्था गर्ने उल्लेख छ।