बिर्तामोडबाट ब्राउनसुगरसहित दुई पक्राउ

image आँखा बिहीबार, बैशाख १५ २०७९
image

बिर्तामोड , बैशाख १५ ।झापाको बिर्तामोडबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

हिजो दिउँसो २.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बिर्तामोड ३ घर भई वडा नं .४ सयपत्री मार्गस्थित श्यामसुन्दर प्रसाद राजवंशीको घरमा डेरा गरी बस्ने २६वर्षिय प्रमोद शाहलाई उनकै कोठामा खानतलासी गर्दा २ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर,नगद रु.११,५४० , मोबाईल ७ थान फेला पारको थियो । उनलाई नियन्त्रणमा लिई ईप्रका.अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

त्यस्तै हिजो दिउँसो ४ बजे बिर्तामोड ४ स्थित न्यू होलिडे होटलभित्र ईप्रका.अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मेचीनगर १ बस्ने ३९ वर्षिय ओम चौधरीलाई शंका लागेर शरीर खानतलासी गर्दा उनको साथबाट ९ ग्राम ब्राउनसुगर फेला पारेको थियो ।

उनलाई पनि नियन्त्रणमा लिई ईप्रका अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।