नेपाली कांग्रेस हल्दिवारीले गर्यो ओेलीको अध्यक्षतामा उम्मेदवार मनोनयन दर्ता

image देविका अधिकारी सोमबार, बैशाख १२ २०७९
image

नेपाली कांग्रेसको झन्डा सहित बृहत जुलुस निकालेर नेपाली कांग्रेस हल्दिवारीले उम्मेदवार मनोनयन दर्ता गरेको छ। हल्दिवारी गाउँपालिका को निर्वाचन कार्यालयमा कांग्रेसले अध्यक्षमा तुलसी प्रसाद ओली र उपाध्यक्षमा चन्द्रकला राईलाई उम्मेदवार बनाएको छ भने पाँच वटै वडामा वडाध्यक्ष सहित सदस्य दमा मनोनयन दर्ता गरेको छ।

पाँचवटै वडाबाट उत्साहजनक रूपमा कार्यकर्ता को सहभागिता रहेको थियो । मनोनयन दर्ता अघि नेपाली कांग्रेसको पार्टी कार्यालय मंगलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै हल्दिवारी ४ का निवर्तमान वडाध्यक्ष होम चुडालले यसपालि कांग्रेसको बहुमत आउने कुरामा आफू विश्वस्त रहेको धारणा राख्नुभएको थियो।

त्यस्तै अध्यक्षका उम्मेदवार ओलीले नेकपाले गरेको भष्ट्राचार र गाउँपालिका लाई कर्मचारी नियुक्तिको केन्द्र बनाउन बाट रोक्न पनि काँग्रेसलाई जिताउन आग्रह गर्नुभएको थियो। शिक्षा स्वास्थ्य मा सवैको पहुँच पुर्याउने तथा अति विपन्न वर्गका मानिसहरू लाई गरिवी कार्ड बनाएर खाधन्न तथा अन्य उपभोग्य वस्तुमा सहुलियत को व्यवस्था गर्ने उद्देश्यका साथ उम्मेदवारी दिएको भन्दै कांग्रेस नेतृत्वको सवै टिमलाई जिताउन सबै कार्यकर्ता तथा परिवर्तनप्रेमी आम जनतालाई आग्रह गर्नुभएको थियो ।

हल्दिवारी पार्टी सभापति गंगा प्रसाईको सभापतित्वमा भएको कोणसभा सकेर गाउँपालिका पुगेर उम्मेदवार मनोनयन दर्ता गरेको छ  /

सबै वडाका उम्मेदवारहरुको नामावली यसप्रकार रहेको छ ।

 अध्यक्ष तुलसी प्रसाद ओलि ,उपाध्यक्ष चन्द्रकला राई ,

वडानम्बर -१ वडाध्यक्ष रत्न बहादुर अधिकारी, सदस्यहरु लिला बहादुर गुरुङ्ग ((प्रकाश),राम बहादुर कार्की,  लिलामाया पाठक गोमा देबि बाग्दस,

वडा नं २  वडाध्यक्ष कृष्ण प्रसाद प्रसाईं,प्रेम कुमार योन्जन,मोहन कुमार राजबन्शी,शर्मिला अधिकारी,मिना कुमारी बराइली

वडा नं ३ वडाध्यक्ष  ईन्द्रबहादुर वन
सदस्यहरू निरा दाहाल ,सुनीराम मेचे,शुकमाया गुरुङ,सनमाया सुन्दास

वडानम्बर ४  वडाध्यक्ष होम प्रसाद चुडाल सदस्यहरु रुद्र प्रसाद उप्रेती,सेवेन मेचे मन्जु सुवेदी दाहाल कुशुम कुमारी धौलाकोटि

वडा नं ५ वडाध्यक्ष खड्क लावती सदस्यहरू भानभक्त प्रसाईं  बिजय फागु  सृजना धौराली खरेल तिलमाया दर्जी