पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष मनाउन झापामा

image आँखा सम्वाददाता बुधबार, चैत्र ३० २०७८
image

काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष २०७९ मनाउन झापा पुगेका छन् ।  उनले झापाको मेची क्राउन प्लाजामा नयाँ वर्ष मनाउने जनाईएको छ। पूर्वराजा शाहको परिवार यतिवेला झापा पुगिसकेको छ ।

शाहनिकट स्रोतले भने पूर्वराजा शाह भने केही दिन यता झापामा नै रहेको जनाएको छ। हरेक वर्ष नयाँ वर्ष मनाउनको लागि शाह परिवार एक ठाउँमा जम्मा हुने गरेको छ ।