निर्वाचन आचारसंहिता ख्याल गर्न सञ्चारमाध्यमलाई काउन्सिलको आग्रह

image आँखा सम्वाददाता बुधबार, चैत्र ३० २०७८
image

काठमाडौँ, ३० चैत , प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता ख्याल गर्दै स्थानीय निर्वाचनमा स्वतन्त्र भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले आज विज्ञप्ति जारी गर्दै कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन नगर्न आग्रह गर्नुभएको छ । 

यस्तै काउन्सिलले सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ । काउन्सिलले सञ्चारमाध्यम, पत्रकार एवं सामाजिक सञ्जालबाट पत्रकार आचारसंहिता एवं निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा जानकारी गराउन हुनसमेत अनुरोध गरेको छ । 

काउन्सिलले विगतको निर्वाचन जस्तै आगामी स्थानीय तहको निर्वाचनको पनि पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन गरेको छ ।