झापामा २ हजार ९सय १४ जनाद्वारा उम्मेदवारी दर्ता

image आँखा मङ्गलबार, बैशाख १३ २०७९
image

बिर्तामोड, बैशाख १३ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि झापामा २ हजार ९सय १४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हिजो सम्म त्यति जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्लाका १५ वटा पालिकामा प्रमुख वा अध्यक्षमा १३० , उपप्रमुख वा उपाध्यक्ष १०९ , वडाध्यक्ष ६७६ , महिला सदस्य ५०० , दलित महिला सदस्य ४२१ र खुल्ला सदस्य १०७८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिएका छन् ।