भद्रपुरमा काँग्रेस नेतृत्वको गठबन्धन र राप्रपाले दर्ता गरायो उम्मेदवारी

image आँखा संवाददाता सोमबार, बैशाख १२ २०७९
image

 

भद्रपुर । भद्रपुर नगरपालिकाको नेतृत्वका लागि तीन दलीय गठबन्धनको तर्फबाट गणेश पोखरेलले नगर प्रमुख तथा शिवकुमार राजभण्डारी उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

भद्रपुरमा गठबन्धन अन्र्तगत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले पोखरेलको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको हो ।

गठबन्धनको भागबण्डा अनुसार नेपाली काँग्रेसले नगरप्रमुख सहित ६ वटा वडाध्यक्ष र २१ जना सदस्य, माओवादी केन्द्रले नगर उपप्रमुख सहित ३ वटा वडाध्यक्ष र १९ जना सदस्य र नेकपा एसले एक वडाध्यक्ष सहित ५ जना सदस्य बाँडफाड गरेर उम्मेदवारी दिएका हुन् ।

जस अनुसार भद्रपुर १ को वडाध्यक्षमा मेदिनी शिवाकोटी, २ को वडाध्यक्षमा रामबहादुर कँडेल, ३ को वडाध्यक्षमा शमशेर तामाङ, ४ को वडाध्यक्षमा हंशधर राजवंशी, ५ को वडाध्यक्षमा बन्धु कार्की, ६ को वडाध्यक्षमा रतियासिंह राजवंशी, ७ को वडाध्यक्षमा पुष्पलाल राजवंशी, ८ को वडाध्यक्षमा गौरव सुब्बा मनोज, ९ को वडाध्यक्षमा जंगबहादुर रसाईली र १० को वडाध्यक्षमा विष्णुप्रसाद काफ्लेले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट भद्रपुर नगरपालिकाको प्रमुखमा नवराज पनेरू ’राजु’ र उपप्रमुखमा राधा कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

नगरका लागि ५२ वटै पदमा उम्मेदवारी दर्ता गराएको राप्रपाबाट वडा नम्वर १ देखि १० सम्म क्रमशः दलवहादुर लिम्बू ’शंकर’, रामवहादुर राई, हेमवहादुर कार्की, दिनानाथ(शंकर) रिजाल, देवकुमार घिमिरे, ढकवहादुर विष्ट, अभिषेक ढुंगाना, गणेशप्रसाद लिम्बू, ज्ञानबहादुर राई ’सविन’ र खेमराज भट्टराईले वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् ।