भद्रपुरमा नमुना मतदान सम्पन्न

image आँखा संवाददाता बिहीबार, बैशाख १५ २०७९
image

भद्रपुर । स्थानीय तह निर्वाचनमा मतदान प्रकृया सहज र अधिक सहभागीताका लगि निर्वाचन कार्यालय झापाले भद्रपुरमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।

सांकेतिक चुनाव चिन्ह राखेर स्थानीय तहका ७ वटा पदमा मतदान गर्न मेची क्याम्पसका विद्यार्थीलाई अवसर दिदै नमुना मतदान सम्पन्न गरिएको हो ।

प्रमुख निर्वाचन अधिकृत गिरिराज गौतम मतदान केन्द्र प्रमुख र झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, सहायक मतदान अधिकृत भएर अन्य कार्यालयका प्रमुखहरू सहायक कर्मचारीका रूपमा भूमिका निर्वाह गर्दै वास्तविक निर्वाचनकै शैलिमा निर्वाचन गरिएको थियो ।

सो प्रकृयामा विद्यार्थीहरू मतदाता, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न कार्यालयका प्रमुख लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले सहजीकरण गर्दे निर्वाचनमा भाग लिने र पालना गर्नु पर्ने नियम जानकारी गराएका थिए भने सहभागीहरूले मतदान प्रकृयामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए