मंगलबारबाट विद्यालय बन्द हुने

image aakha सोमबार, पौष २६ २०७८
image

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले मंगलबारबाट विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।कोभिड १९ संकेट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसपछि मन्त्रालयले मंगलबारबाट मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।देशभरी कोरोनाको संक्रमण तीव्ररुपमा फैलिएको ओमिक्रोन भेरियन्ट पनि पुष्टि भएकाले आधारभुत तथा माध्यमिक विद्यालय बन्द गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए ।

विद्यालयहरुले दिने वार्षिक विदामा मिलान गर्नेगरी पुस २७ बाट माघ १५ गतेसम्म विदा दिने निर्णय भएको उनले बताए ।यस्तै मन्त्रालयले १२ वर्षदेखि १७ वर्ष उमेस समूहका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन समेत आग्रह गरेको छ ।विद्यालयहरु बन्द भएपनि पूर्वनिर्धारित परीक्षाहरु भने सञ्चालन हुने भएका छन् ।स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।