अस्ट्रेलिया फाइनलमा, पाकिस्तान ५ विकेटले पराजित

image आँखा संवाददाता बिहीबार, कात्तिक २५ २०७८
image

२५ कात्तिक । अस्ट्रेलिया टि–20 विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।  दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया उपाधि नजिक पुगेको हो।अब उपाधिका लागि अस्ट्रेलियाले आगामी आइतबार न्युजिल्यान्डसँग खेल्नेछ। 

पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो। अस्ट्रेलियाको जितमा मार्कोस स्टोइनिसले नटआउट ४० रन र म्याथ्यु वेडले नटआउट ४१ रन जोडे। 

वेडले १९ औं ओभरमा लगातार हानेको तीन छक्काले अष्ट्रेलियालाई जिताएको थियो । ओपनर डेभिड वार्नर ४९ रन जोडेर आउट हुँदा  मिचेल मार्सले  २८ रनको योगदान दिएका थिए।

बलिङमा पाकिस्तानका शादब खानले ४ विकेट लिए भने अफ्रिदीले १ विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४ विकेटको क्षतिमा १७६ रन जोड्यो।

पाकिस्तानका लागि ओपनर मोहमद रिजवानले ६७,  फखर जमानले नटआउट ५५ रनको योगदान गर्दा कप्तान बाबर अजाम ३९ रन जोडेर आउट भएका थिए। बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले २ विकेट लिँदा एडम जाम्पा र पाट कमिङ्ग्सले १–१ विकेट लिए।
 

ad