चन्द्रगढी सामुदायिक वनको नव निर्वाचित समितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न

image राजु बराल बुधबार, मङ्सिर ८ २०७८
image

८ मङ्सिर , चन्द्रगढी । झापाको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको नव निर्वाचित समितिलाइ बुधबार पद हस्तान्तरण गरिएको छ ।

समुहका अध्यक्ष हिरा प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निर्वाचन समितिका अध्यक्ष परमानन्द मिश्रले नव निर्वाचित अध्यक्ष दुर्गा प्रसाद भट्टराइलाइ पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो भने नव निर्वाचित अध्यक्ष भट्टराइले निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाइ पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ माल्यार्पण सहित प्रमाण पत्र बितरण गरिएको सो कार्यक्रममा निबर्तमान अध्यक्ष हिरा प्रसाद पोखरेलले समुहको माइन्युट नव निर्वाचित अध्यक्ष दुर्गा प्रसाद भट्टराई लाई हस्तान्तरण गर्नु भएको थियो ।

भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्र माया श्रेष्ठ , समुहका सल्लाहकार सम्योजक बिस्णु सिवाकोटी , नेकपा एमालेका ब्रम्हलाल ढुङ्गाना , नेपाली काङ्ग्रेसका राजेन्द्र रिजाल , नेकपा माओबादी केन्द्रका नरेस सन्जेल , नेकपा एकीकृत समाजवादीका सानू कुमार लामा , राप्रपा का बाबूराम पराजुली र समुहका निर्वाचन समितिका सम्योजक परमानन्द मिश्रले  शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा नव निर्वाचित अध्यक्ष दुर्गा प्रसाद भट्टराईले प्रतिबद्द्ता मन्तब्य राख्नु भएको थियो ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका निर्वाचन समिती सदस्य राजु बराल र  सकुन्तला पोखरेलको सन्चालनमा सम्पन्न कार्यक्रममा स्वागत बिमल चन्द्र राजबन्शीले गर्नु भएको थियो ।

         

 

ad