कविता-जिन्दगीको एक बार

image अमृता खरेल शनिबार, कात्तिक २७ २०७८
image

उदायो त्यो दिन पनि 

उसरी नै घामको चोटिलो प्रकाश 

तर अस्तायो तिमी अथवा म जस्तै कसैको  जिन्दगी यो धर्तीबाट

 

भनिन्छ तब ,

 

सकियो जिन्दगीसँगका सबै गुनासाहरु

किनकी जिन्दगी त त्यो एक बारको िथयो ।

 

तर,

 

पसेर हेर्नुस् मनमा अाफ्नै

जिएर हेर्नुस् जिन्दगीलाई अाफ्नै

 

यहाँ .......

 

जीवनसँगका रुवाईहरु 

समयसँगका संघर्षहरु त ,

हजार बारको थियो .........

 

अनि कसरी भनौं 

जिन्दगी एक बारको थियोे ?

 

अमृता खरेल 

भद्रपुर

 

ad