भद्रपुर माध्यमिक विद्यालयको मर्मत सुधारका लागि माछापुच्छ्रे वैंकको रू १ लाख सहयोग

image इश्वर अधिकारी बुधबार, मङ्सिर ८ २०७८
image

भद्रपुर ,८ मंसिर / झापाको पुरानो शिक्षालय भद्रपुर माध्यमिक विद्यालयको मर्मत सुधारका लागि माछापुच्छ्रे वैंकले रू १ लाख सहयोग प्रदान गरेको छ। वैंकका तर्फबाट वैंकका शाखा प्रबन्धक चूडामणि सापकोटाले विद्यालय मर्मत सुधार समितिका अध्यक्ष तथा प्रदेश सांसद ओमप्रकाश सरावगीलाई आज रू १ लाखको चेक हस्तान्तरण गर्नुभएको हो।

सो अवसरमा समितिका सचिव प्रदीपमणि रेग्मी, सदस्य तथा झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक कुलवहादुर गुरुङ तथा शिक्षकहरू र वैंकका अधिकृत रोशन भण्डारीको उपस्थिति रहेको थियो।

ad