सन्दर्भ नेपाली काग्रेसको १४ औ महाधिवेशन- झापामा दुइ गुटको सशक्त भिडन्त

image आँखा संवाददाता बुधबार, मङ्सिर ८ २०७८
image

चन्द्रगढी,८ मंसिर ।नेपाली काग्रेसको १४ औ महाधिवेशन अन्तर्गत झापा जिल्लामा प्यानल वनाएरै दुइ गुटले उम्मेदवारी दिने घोषणा गरेका छन । भोलि हुने मनोनयन दर्ता अघि नै दुवै गुटले आ आफ्नो प्यानल घोषणा गरेका छन ।

झापामा अहिले नेता कृष्ण सिटौला र पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माको प्यानल देखिएको छ । सिटौला पक्षले सभापतिमा देउमान थेवे र शर्माको समर्थनमा राम कट्टेलले प्यानत घोषणा गर्नुभएको छ । 

विर्तामोडमा राम कट्टेल जिताऔ अभियानको सम्पर्क कार्यालयमा मंगलवार आयोजित कार्यक्रमका वीच सभापति पदका उममेदवार कट्टेलले उपसभापति पदमा केदार शम्शेर गिरी र प्रेम सम्हाम्फे, सचिव पदमा विश्वदीप लिड्गदेन र टोम राजवंशी,सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाइको नाम सार्वजनिक गर्नुभएको छ ।

सभापतिका प्रत्यासी उम्मेदवार देउकुमार थेवेले पनि आफ्नो प्यानल पदाधिकारीको टीम घोषणा गर्नुभएको छ । देउमान थेवे जिताउ अभियानको सचिवालयमा वुधवार पत्रकार सम्मेमलनको आयोजना गर्दै सभापति पदका उम्मेदवार थेवेले आफ्नो टिममा रहेका पदाधिकारीको नाम सार्वजनिक गर्नुभएको हो ।

सभापति पदका उम्मेदवार थेवेको टिममा उपसभापतिमा शेरवहादुर भट्टराइ र केशवराज पाण्डे, सचिवमा कृष्ण हुमागाइ र नविन विमली, सहसचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेदवार हुनुहुन्छ । जिल्ला समितिको लागि मंसिर १० गते विर्तामोडमा निर्वाचन हुदैछ ।

ad