झापामा कर सप्ताहको समापन

image भाष्कर शर्मा मङ्गलबार, मङ्सिर ७ २०७८
image

२०७८ मंसिर ०७ , भद्रपुर । ‘स्वेच्छिक कर सहभागिता अभिबृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ शुरु भएको यस वर्षको कर सप्ताह झापामा सम्पन्न गरिएको छ ।

यही मंसिर १ गते विर्तामोडमा विशेष समारोह आयोजना गरी कर दिवस मनाउनुका साथै कर सप्ताहको उद्घाटन गरिएको थियो ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजनामा शुरु भएको कर सप्ताह आज भद्रपुरको जिल्ला समन्वय समितिको हलमा कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको हो ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ रिजालको अध्यक्षता एवम् झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको प्रमुख आतिथ्यमा कर सप्ताह समापन गरिएको आन्तरिक राजश्व कार्यालय भद्रपुरका जनक वस्नेतले जानकारी दिनुभयो ।

वस्नेतका अनुसार १ गते कर दिवससँगै कर सप्ता शुभारम्भ गयिो भने २ गते मेची उद्योग वाणिज्य संघको समन्वयमा मेचीनगरमा करदाता शिक्षा कार्यक्रम गरियो ।

३ गते कनकाई उद्योग वाणिज्य संघको समन्वयमा सुरुंगामा कार्यक्रम गरिएको थियो भने ४ गते बुद्धशान्ति उद्योग वाणिज्य संघको समन्वयमा बुधबारेमा कार्यक्रम गरिएको थियो ।

६ गते झापा उद्योग वाणिज्य संघको समन्यवयमा भद्रपुरमा कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।
कर अधिकृत सुरेश महतोले सञ्चालन गरेको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का सदस्य कुमार भट्टराई, विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, बुद्धशान्ति उद्योग वाणिज्य संघका उपाध्यक्ष दीपक सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यालय प्रमुख रिजालले कार्यक्षेत्र रहेको झापाको माईपूर्व, इलाम, पाँचथर र ताप्लेजुङको समग्र करदाताहरुको अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । 
 

ad