भीम रावलले गरे एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

image आँखा संवाददाता आइतबार​, मङ्सिर ५ २०७८
image

काठमाडौँ/  नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् । रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा सहयोग र समर्थनका लागि आह्वान गरेका छन् ।
अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल  नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भने ।

 

ad