आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि अस्ट्रेलियालाई

image आँखा संवाददाता आइतबार​, कात्तिक २८ २०७८
image

२८ कात्तिक ।अस्ट्रेलियाले टी- ट्वेन्टी विश्वकप क्रिकेटको २०२१ को उपाधि जितेको छ। गएराती  दुबईमा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया टी- ट्वेन्टी  विश्वकपको नयाँ विजेता बनेको हो।

यसअघि अस्ट्रेलियाले सन् २०१० को फाइनलमा इंग्ल्यान्डसँग पराजित हुँदा च्याम्पियन हुने अवसर गुमाएको थियो। 

टस हारेपनि पहिले ब्याटिङको अवसर पाएको  न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले २ विकेटको क्षतिमा ७ बल बाँकी छँदै  पूरा गर्‍यो।

अस्ट्रेलियाको जितमा मिचेल मार्सले नटआउट ७७ रन जोड्ने क्रममा ५० बल खेलेर ६ चौका र ४ छक्का प्रहार गरे। ग्लेन म्याक्सवेलले नटआउट २८ रन जोडे। त्यसअघि डेभिड वार्नरले ५३ रन बनाएका थिए ।

यसअघि न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो ।  न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५, मार्टिन गुप्टिलले २८ र ग्लेन फिलिप्सले १८ रन बनाए पनि त्यो जितका  लागि पर्याप्त भएन ।  न्युजिल्यान्ड भने पहिलो पटक यसपालि टी- ट्वेन्टी  विश्व कपको फाइनलमा पुगेको हो । 

ad