ने‌पाली कांग्रे‌सको‌ १४औं महाधिवे‌शन- झापा ३ न. क्षेत्रमा पोखरेल र घिमिरेको भिडन्त

image आँखा संवाददाता आइतबार​, मङ्सिर ५ २०७८
image

भद्रपुर‌। ने‌पाली कांग्रे‌सको‌ १४औं महाधिवे‌शनको‌   संसदीय क्षे‌त्रका सभापति र‌ महाधिवे‌शन प्रतिनिधिको‌ चुनाव भोली हुँदै‌छ ।झापाको‌ संसदीय क्षे‌त्र नं. ३ मा क्षे‌त्रीय सभापतिका आकांक्षीमा गणे‌श पो‌खरेल र‌ राजे‌न्द्र घिमिरेले उम्मेदवारी दिनुभएको छ ।

३ न. क्षेत्रका मतदान अधिकृत अमृत वहादुर वुढाथोकीका अनुसार  महाधिवे‌शन प्रतिनिधि ( खुला १० जनाका लागी )मा विजय रिजाल, जगत वस्नेत, देउ कुमार लिम्वु, दयानन्द गोश्वामी, नविन विमली, नगेन्द्र प्रसाद पोखरेल नविन, भगिरथ पोद्दार, भूमि प्रसाद राजवंशीले उम्मेदवारी दिनुभएको छ ।  

त्यसै गरी मोहन महर्जन, राम प्रसाद दुलाल, रविन पुरी, श्याम प्रसाद सिटौला, सिताराम खडका, सुरज खत्री र होमनाथ निरौला निरजले पनि महाधिवेश प्रतिनिधी खुलामा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यसै गरी खुला महिला तर्फ उर्मिला गौतम, गायत्री कुमारी शाह, तारादेवी वाराकोटी, पदमा ढकाल, लता कार्की र सिता देवी भट्राइको मनोनयन दर्ता भएको छ । खुला महिलामा ४ सिट आवश्यक छ ।

खस आर्यमा एक महिलाको सिटमा सर्वसम्मत भइसकेको छ / सर्वसम्मत हुनेमा सुशिला ढकाल आर्चाय हुनुहुन्छ भने एक सिट खस आर्य पुरुषमा टिकाराज ढकाल, तोया गडतौला र कृष्ण प्रसाइको उम्मेदवारी परेको छ ।

त्यस्तै आदिवासी जनजाती तर्फको २ महिला ३ पुरुषमा कृष्णकली राजवंशी, धनमाया श्रेष्ठ र सिला तामाड्ग र पुरुष तर्फ कैलास राइ, खडग प्रसाद राजवंशी, तोमलाल राजवंशी , डम्वर सिंह सिगु, मनोज सुव्वा गौरव र शान्ति प्रसाद गणेश हुनुहुन्छ भने एक मधेसी कोटामा ओम प्रकाश सरावगी , विजय कुमार यादव, मनकुमार शर्मा र सत्येन्द्र कुमार कर्णदासको उम्मेदवारी परेको छ ।
वुढाथोकीका अनुसार दलीत, मुस्लिम र अल्पसंख्यक । अपाड्गता कोटामा निर्वीरोध निर्वाचित भएका छन । उहाका अनुसार दलितमा भक्त वहादुर परियार, मुस्लीममा मोहम्मद निरुज्मा, अल्पसख्यक । अपाड्गतामा वडाराम हेमराम निर्विरोध भएका हुन ।

ad