पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

image आँखा संवाददाता बुधबार, कात्तिक २४ २०७८
image

काठमाण्डाै – नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो । याे मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजल/मट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासकाे मूल्य पनि बढेकाे छ । प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।

हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रति लिटर पाँच रुपैयाँले बढेकाे निगमले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । अब आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य एक सय नाै रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर आठ सय ९५ अमेरिकी डलर पुगेकाे छ ।

 

 

ad