देवकोटा जयन्तीमा स्रस्टा सम्मानित

image राजु बराल बिहीबार, कात्तिक १८ २०७८
image

१८ कार्तिक , चन्द्रगढी । महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११३ औ  जन्म जयन्तीका अवसरमा स्व . मनोरथ दाहाल स्मृति काव्य पुरस्कार साहित्यकार घनेन्द्र शर्मा र साहित्यकार बिरही अधिकारी लाई प्रदान गरिएको छ ।
नगद रु बीस हजार राशीको उक्त पुरस्कार बिहीबार झापाको भद्रपुर ९ चन्द्रगढी स्थित देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदान गरिएको हो ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा साहित्यकार घनेन्द्र शर्माको परिचय शिक्षा सेवी इस्वर प्रसाद पोखरेल र साहित्यकार बिरही अधिकारीको परिचय साहित्यकार तारा बिबिधले गराउनु भएको थियो ।
सोही कार्यक्रममा पत्रकार राजबाबू शङ्कर र साहित्यकार तिर्थराज चापागाइलाई कदर पत्र द्वारा सम्मान गरिएको थियो ।

पत्रकार राज बाबू शङ्करको परिचय पत्रकार राजु बराल र साहित्यकार तिर्थराज चापागाइको परिचय साहित्यकार लता खरेलले गराउनु भएको थियो । उक्त कार्यक्रममा सम्पन्न बाल कवि गोष्ठीमा इशा सुवेदी प्रथम , युनिसा ढकाल दोस्रो र सृष्टि पौडेल तेस्रो भएका थिए ।

सो कार्यक्रममा बिरेन्द्र मा . बि . चन्द्रगढीमा कक्षा १२ उत्कृष्ट बिध्यार्थी रफत प्रबिन र राजेस राई लाई शैक्षिक उन्नयन पुरस्कार प्रदान गरिएको थियो ।
भद्रपुर नगरपालिका प्रमुख जीवन कुमार श्रेस्ठ , साहित्यकार होम सुवेदी र डा . पर्शुराम दाहालले नेपाली साहित्यमा महाकवि देवकोटाले पु-र्याएको योगदानको चर्चा गरेको कार्यक्रममा रुकमिणी ढकाल र सफलता फुएलले अप्रतियोगी कविता वाचन गर्नु भएको थियो ।

राजु बराल र लावन्य प्रसाद पोखरेलको सम्युक्त सन्चालन , सस्थाका अध्यक्ष सन्तोस पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष खडग प्रसाद दाहालले गर्नु भएको थियो ।

ad