नेपालद्वारा श्रीलंका ३‐२ ले पराजित,नेपाल शीर्ष स्थानमा

image आँखा संवाददाता सोमबार, आश्वीन १८ २०७८
image

काठमाडौं, १९ असोज ।माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपाल विजयी भएको छ । गएराती राजधानी मालेमा भएको खेलमा नेपालले श्रीलंकालाई ३‐२ गोलले हराएको हो ।  जितसँगै नेपाल ६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । दोश्रो स्थानको बंग्लादेशको ४ अंक छ । 
नेपालका लागि सुमन लामाले ३१ औ मिनेट, अन्जान विष्टले ५१ औ मिनेट र आयुश घलानले ८६ औ मिनेटमा गोल गरेका थिए ।  श्रीलंकाका लागि मार्विन ह्यामिल्टनले ५७ औं मिनेट  र डि सिल्भाले अन्तिममा थपिएको इन्जुरी समयमा पेनाल्टीबाट गोल गरेका थिए । 
यसअघि हिजै भएको खेलमा बंगलादेश र भारतले बराबरी खेलेका छन् । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हिजो बेलुकी सकिएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । 
भारतका कप्तान सुनिल क्षेत्रीले खेलको २६ औं मिनेटमा गोल गरी लिएको सुरुवाती अग्रता बचाउन नसक्दा १० खेलाडीमा सीमित बंगलादेशसँग अंक बाड्नुपरेको हो । बंगलादेशका लागि ७४औं मिनेटमा एसिन अराफतले गोल गर्दै खेललाई एक–एकको बराबरीमा ल्याए । 

 

ad