ज्ञानोदयको अध्यक्षमा गोपिकृष्ण चयन

image राजु बराल शनिबार, कात्तिक १३ २०७८
image

भद्रपुर, कात्तिक १३ । ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भद्रपुर ८ को १२ औं वार्षिक सभाले गोपिकृष्ण न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।

चारवर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा धनकुमारी खरेल लता, सचिव डिल्लीराम अधिकारी, सहसचिव सिता विमली र कोषाध्यक्षमा भगिरथ नेपाल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा लक्ष्मीप्रसाद गौतम, देवेन्द्रबहादुर थापा, रमेशचन्द्र पौडेल, बडाराम हेमरम, सत्यरूपा पुरी, सोहनलाल गणेश रहेका छन् भने खड्गनारायण श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरिएको छ ।


गोकुलराज न्यौपानेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सभामा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शेयर सदस्यका सन्ततिमध्ये उत्कृष्ट बिर्तामोडकी सृष्टि सुवेदी र भद्रपुरका अनमोल गुरागाईलाई नगद दुई हजारसहित पुरस्कृत गरिएको थियो । यसैगरी यस वर्ष सेवा निवृत्त भएका शेयर सदस्य १५ जना शिक्षकलाई सम्मान गरिएको थियो ।