कनकाइ नदीबाट प्रभावित एकहजार छसय ६५ परिवारलाई सहयाेग गर्ने

image आँखा संवाददाता बुधबार, कात्तिक ३ २०७८
image

झापा ३ असोज । हिजो विहानदेखि परेको पानीका कारण डुवानमा परेको क्षेत्रको झापाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय, जनप्रतिनिधि, रेडक्रसकर्मीको टोलीले स्थलगत अध्ययन र अनुगमन गरेको छ ।
स्थलगत भ्रमणपछि टोलीले स्थानीयतहसंगको समन्वयमा बाढी प्रभावितलाई केही सहयोग गर्ने निर्णय समेत गरेको नेपाल रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
बाढी प्रभावित क्षेत्रको भ्मणमा गएको टोलीले कनकाई नदीले असर गरेका नगरपालिका तथा गाउँपालिकाहरूसंगको समन्वयमा अनलाइन दर्ता गरेका एकहजार छसय ६५ परिवारलाई प्रति परिवार ४५ सयका दरले सहयोगस्वरूप प्रदान गरिने सभापति ढकालले जनाउनु भएको छ ।
उक्त रकम कनकाइका बाढी प्रभावितका लागि WFP मार्फत वितरण गरिने उक्त रकम (धान खेतिको क्षतिपुर्ति) भने नभएको बताइएको छ ।

आजैदेखि वितरण शुरू गरिने उक्त रकम प्रभावित परिवारले बितिय सस्था मार्फत उपलब्ध गराइने सो रकम लिनका लागि लाभग्राहिले रकम प्राप्त गरेको सिष्टममा नम्बर प्राप्त भएपछि परिचयपत्र देखाएर रकम लिन सक्ने बताइएको छ । एकहजार छसय ६५ परिवारलाई प्रति परिवार ४५ सयका दरले लगभग ७५ लाख बढी रकम वितरण गरिने जनाइएको छ ।

साथै अन्य प्रभावित क्षेत्रको समेत अध्ययन, क्षतिको लेखाजोखा भइरहेको र गैर खाद्यबस्तुका साथै बालबालिकाक लागि केहि राहत बितरणको योजना रहेको सभापति ढकालले जानकारी दिनुभयो ।

ad