बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो

image आँखा संवाददाता बुधबार, कात्तिक ३ २०७८
image

झापा । गएको आइतबारदेखिको अविरल वर्षासँगै बाढी–पहिरोका कारण ४८ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार ११ जिल्लाका विभिन्न ठाउँमा बाढी–पहिरोमा परी ४८ जनाको मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता वसन्त कुँवरले इलाममा ११, डोटीमा ९, हुम्लामा ६, पाँचथरमा ६, धनकुटामा ६, बैतडीमा ४, सुनसरीमा २, डडेलधुरामा १, प्युठानमा १, उदयपुरमा १ र कालिकोटमा १ जनाको मृत्यु भएको जानकारी दिनुभयो  ।प्रवक्ता कुँवरका अनुसार देशभर २६ जना घाइते भएका छन् । ३० जना बेपत्ता छन् ।

ad