वर्तमानको चौबिसौ साधरण सभा नया नेतृत्व चयन गर्दै सम्पन्न , वर्तमान त्रैमासिकको बिमोचन

image राजु बराल सोमबार, आश्वीन १८ २०७८
image

१८ असोज , चन्द्रगढी । झापाको साहित्यिक गतिविधिमा क्रियाशिल वर्तमान साहित्य प्रतिस्ठान चन्द्रगढीको चौबिसौ साधरण सभा नया नेतृत्व चयन गर्दै सोमबार सम्पन्न भएको छ ।

नव गठित समितीको अध्यक्ष डिल्ली रमण नेपाल , उपाध्यक्ष बिकास पान्डे , सचिव चिरन्जिबी गिरी , कोषाध्यक्ष प्रीया दास , सह सचिव साबित्रा ढकालका साथै सदस्यहरु गिता सुवेदी नेपाल र गोपाल शिवाकोटी रहनु भएको प्रतिस्ठानका निर्वाचन समितीका सम्योजक राजु बरालले बताउनु भयो ।

नव गठित समितीको पहिलो बैठकले दुई जना सदस्य थप गरिने समेत उहाँले जानकारी दिनु भयो । साहित्यकार चुडामणी वाशिष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा वर्तमान साहित्य प्रतिस्ठान द्वारा प्रकाशित वर्तमान साहित्यिक त्रैमासिकको सत्रौ अङ्कको बिमोचन गरिएको थियो ।

बिमोचित साहित्यिक त्रैमासिकको बारेमा साहित्यकार होम सुबेदीले टिप्पणी गर्नु भएको उक्त कार्यक्रममा प्रतिस्ठानका सस्थापक अध्यक्ष डा । रत्न मणि नेपालले प्रतिस्ठानको गतिविधि प्रस्ट पार्नु भएको थियो ।

साहित्यकार बिरही अधिकारी , समाजसेवी गणेश पोखरेल र शिव कुमार राजभन्डारीले शुभकामना मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा कवि राजु बराल , देवी चरण भन्डारी र गिता सुवेदी नेपालले कविता तथा गजल प्रस्तुत गर्नु भएको थियो ।

प्रतिस्ठानका अध्यक्ष कृष्ण अनमोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत डिल्ली रमण नेपाल र सन्चालन बिकास पान्डेले गर्नु भएको थियो ।


 

ad