पुर्बबिद्यार्थी पुर्नमिलन कार्यक्रम समपन्न

image आँखा संवाददाता बुधबार, आश्वीन २७ २०७८
image

मेचीनगर / भानु मा वि पूर्व विद्यार्थी समाज मेचीनगर-२ले आज एक भव्य कार्यक्रम बिच पूर्व विद्यार्थी पूनर्मिलन तथा शुभकामना आदानप्रदान तथा विद्यालय स्थापनाकाल २०१४का विद्यार्थीहरुलाई सम्मान कार्यक्रम आयोजना गर्यो ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष गोपीकृष्ण रिजालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मेचीनगर ४का वडा अध्यक्ष तथा भानु मा विका पूर्व विद्यार्थी नवीन बराल हुनुहुन्थ्यो।

उक्त कार्यक्रममा वि सं २०१४मा भानु माविमा अध्ययन गर्ने दल ब . सिठुङ, कृष्ण ब. लुङ्गेली र बल ब. सिठुङलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने डा. डालिम काफ्ले,प्रशासकीय अधिकृत विनोद चौहान, नेपाल टेलिभिजनका कार्यक्रम सञ्चालक पत्रकार किशोर निरौला शिक्षकहरु हेम चापगाईँ, सन्दीप चापागाईँ, बलराम बाँस्तोला, पुष्कर ढकाल नारायण दाहाल लगायतका पूर्व विद्यार्थी सहभागी हुनु भएको सो कार्यक्रममा नवीन बराल, पुष्कर ढकाल,किशोर निरौलाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको भएको थियो भने स्वागत मन्तव्य प्र अ देवेन्द्र खनाल र कार्यक्रम सञ्चालन पूर्व विद्यार्थी एवम् युवा व्यवसायी कमल गोलेले गर्नुभएको थियो।