ब्राउनसुगरसहित एक जना पक्राउ

image आँखा संवाददाता मङ्गलबार, कात्तिक २ २०७८
image

बिर्तामोड, कात्तिक २ । बिर्तामोड ९ स्थित रिद्धिसिद्धि प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बिर्तामोड ९ का ३४ बर्षीय जगदिश ओली रहेका छन् । हिजो साँझ ७ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

ओलीको साथबाट सेतो प्लाष्टिकमा सानो सानो प्लाष्टिकको पोकासहित ९ ग्राम ब्राउनसुगर बरामद भएको छ । एउटा पोकामा ५ ग्राम २२० मिली ग्राम र अर्कोमा ४ ग्राम ४० मिली ग्राम ब्राउनसुगर र डिजिटल तराजु बरामद गरी ओलीलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ad