अवलोकन भ्रमणका लागि भद्रपुर नगरप्रमुख श्रेष्ठ सहितको टोली दक्षिण कोरिया प्रस्थान

image आँखा संवाददाता आइतबार​, आश्वीन २४ २०७८
image


भद्रपुर ,२३ असौज । बढ्दो शहरीकरणको व्यवस्थापनको नमूना अभ्यासलाई अबलोकन गर्न भद्रपुर नगरपालिका प्रमुख जिवन कुमार श्रेष्ठ सहितको टोली  शनिवार दक्षिण कोरिया प्रस्थान गरेको छ । 
नगर क्षेत्र भित्र रहेको फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानको अवलोकन गर्न टोलि गएको हो  । अवलोकन टोलीले  बेरोजगारी समस्या न्यूनीकरण गरी रोजगार प्रदानका लागि मौसमी कामदारलाई नेपाल सरकारको सहमतिमा पठाउन गणतन्त्र दक्षिण कोरिया स्थित विभिन्न पालिकासँग भगिनी सम्बन्ध विस्तार गर्नैछ ।

साथै  सामाजिक, आर्थिक, सांस्कृतिक, भौतिक पूर्बाधार विकासको अनुभव साटासाट गर्नका लागि समन्वय सहकार्य गर्दै भगिनी सम्बन्ध राख्न र महत्वपूर्ण विषयमा अन्तरक्रिया तथा छलफल गरिने भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो विजया दशमी तथा दिपावली जस्तो चाडको सम्मुखमा   शुभकामना आदान प्रदान गर्ने समेत कार्यक्रम तय भएको छ ।टोलीमा भद्रपुर नगरपालिकाका प्रमुख श्रेष्ठ, कनकाइ नगरपालिका प्रमुख राजेन्द्रप्रसाद पोखरेल ,शिवशताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा तथा कर्मचारीहरु प्रकाश चौधरी , राजकुमार कट्टेल, शुसिल मैनाली समेतको सहभागिता छ ।।