मुगुमा यात्रुबाहक बस दुर्घटना, मर्नेको संख्या ३२ पुग्यो,

image आँखा संवाददाता मङ्गलबार, आश्वीन २६ २०७८
image

काठमाडौं, असोज, २७,  मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा र नेपालगन्ज पुर्याएका थप ४ जनाको मृत्यु भएपछि मर्नेको संख्या बढेर ३२ पुगेको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले दुर्घटनामा गम्भीर घाइते भई उपचारको लागि नेपालगन्ज पठाइएका १५ जना घाइते मध्येबाट चार जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको पुष्टि गर्नुभएको छ ।  
अब १३ जनाको नेपालगन्जसहित अन्य अस्पतालमा उपचार भइरहेको छ । मृतकमध्ये चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
दशैंका नेपालगञ्जबाट मुगुको गमगढी हिंडेको भे १ ख १६७ नम्बरको यात्रु बस हिजो दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा  अचानक टायर पंक्चर भई  दुर्घटना  भएको थियो । बसमा ४५ जना सवार रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तीन सय मिटर खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ad