नव प्रभातको दशौं सभा सम्पन्न

image आँखा संवाददाता आइतबार​, कात्तिक १४ २०७८
image

चन्द्रगढी, १४ कार्तिक । नव प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष शंकरप्रसाद सुवेदीको अध्यक्षता तथा बचत तथा ऋण सहकारी संघ प्रदेश १ का अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान तथा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सभा सम्पनन गरिएको हो ।

१४२९ जना शेयर सदस्य रहेको संस्थामा उत्कृष्ट योगदान दिने युवा उद्यमी युवराज ढकाल, उत्कृष्ट कर्मचारी विन्दु रूचाल लगायतलाई सम्मान समेत गरिएको थियो भने वार्षिक नीति तथा कार्यक्रम अध्यक्ष सुवेदीले प्रस्तुत गरेका थिए