सबै प्रकारको इन्धनको भाउ बढ्यो, ग्यासमा ५० रुपैयाँ, पेट्रोल/डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँ

image आँखा संवाददाता शुक्रबार​, कात्तिक १२ २०७८
image

१३ कात्तिक ।नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले अक्टोबर १६ मा पठाएको मूल्यसूची अनुसार १५ दिनमा २ अर्ब २२ करोड घाटा देखिएपछि निगमले बढाएको मूल्य गएराती १२ बजेदेखि लागू भएको छ ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार  पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ, हवाई इन्धनको साविक बिक्री मूल्यमा १० रुपैयाँ वृद्धि गरेर आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ र  खाना पकाउने एलपी ग्यासको मूल्यमा भने प्रतिसिलिन्डर ५० रुपैयाँ बढाएको हो ।

ad