मुगुमा बस दुर्घटना, २३ जनाको मृत्यु

image आँखा संवाददाता मङ्गलबार, आश्वीन २६ २०७८
image

काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । आज दिउँसो करिब साढे १ बजे भएको दुर्घटनामा परी २३ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

छायाँनाथ रारा नगरपालिका–७, पिनाटपेन खोलामा बस दुर्घटना भएको हो । सुर्खेतबाट मुगुको गमगढीतर्फ जाँदै गरेको बस दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।

‘‘भे१ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो । अहिलेसम्म २३ जनाको मृत्यु भएको छ  । अरूको पुष्टि भइसकेको छैन ।