महानवमी पर्व आज हर्षोल्लासका साथ पूजा आजा गरी मनाइँदै,भोलि टिका लगाउने शुभसाइत विहान १०.०२ वजे

image आँखा संवाददाता बुधबार, आश्वीन २७ २०७८
image

२९ असौज / आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरूले भने आज कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

यसै गरी भोलि असोज २९ गते विजया दशमी पर्व परेको छ । विजया दशमीका दिन साइत खोजेर टिका लगाउनेका लागि विहान १०.०२ वजेको साइत शुभ रहेको नेपाल पंचाड्ग निर्णयक समितिले जनाएको छ ।टिका लगाउने मानिस पूर्व फर्कनु पर्ने पनि समितिले जनाएको छ ।
 

ad