ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१ हुने

image आँखा सम्वाददाता शनिबार, आश्वीन २३ २०७८
image

काठमाडौँ, २३ असोज। काठमाडौंमा ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१ हुने भएको छ ।  कार्यक्रम भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।  समाज र राष्ट्रका लागी अतुलनीय योगदान दिने अग्रज,स्रष्टा,सर्जक,कलाकार,पत्रकार,शिक्षाविद,समाजसेवी,व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई  सेवाभाव प्रति समर्पण र सम्मान दर्शाउने उद्देश्य अनुरुप यो वर्षदेखि अवार्ड समारोह आयोजना गर्न लागिएको हो ।

कार्तिक १३ गते हुने  समारोहमा नेपालभरबाट बिभिन्न क्षेत्रमा आवद्ध वरिष्ठ व्यक्तित्वहरुलाई आफुले पुर्याएको योगदानको कदर स्वरुप देशका प्रतिष्ठित अग्रज व्यक्तित्वरुको निर्णायक मण्डलले छनौट गरे पश्चात  अवार्ड तथा सम्मान गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

पव्लिक सूचनाको सहकार्यमा वरिष्ठ संचारकर्मी तथा कार्यक्रम संचालक दिनेश डिसीले संचालन गर्ने उक्त समारोह राष्ट्रिय स्तरका टेलिभिजनबाट प्रत्यक्ष प्रसारण समेत गरिने भएको छ । 

गिता एभियसनले ग्यालेक्सि अवार्डलाई मुख्य प्रायोजन गरेको छ ।  

ad